Sur Cinema

‘केजीएफ’का गरुडाको आग्रह: ‘नागबन्धम’ परिवारसँगै हेर्नुस्

काठमाडौं : ‘केजीएफ’मा गरुडाको भूमिकाबाट चर्चित भारतीय कलाकार रामचन्द्र राजुले भिडियो सन्देशमार्फत नेपाली दर्शकलाई आफू अभिनित पौराणिक सिनेमा ‘नागबन्धम’ हेर्न आग्रह गरेका छन्। उनले हिन्दु पौराणिक कथामा आधारित यो सिनेमाले रहस्य, रोमाञ्च र भव्य दृश्यात्मक अनुभव दिने बताउँदै परिवारसँगै हेर्न अनुरोध गरेका हुन्।

अभिषेक नामाको लेखन तथा निर्देशन रहेको सिनेमामा विराट कर्ण, नभा नतेश, ऐश्वर्या मेनन, महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीको अभिनय रहेको छ।

नेपालमा क्यापिटल वर्ल्डमार्फत प्रदर्शन भइरहेको यो सिनेमा पौराणिक कथा, सामाजिक र धार्मिक विषयवस्तुको संयोजनका कारण दर्शकमाझ आकर्षणको केन्द्र बनेको निर्माण पक्षले जनाएको छ।