Sur Cinema

‘पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक

काठमाडौँ : भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक गरिएको छ।

ओएसआर युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, अशोक दर्जीलगायत कलाकारको आकर्षक नृत्य देख्न सकिन्छ। भिडियोमा दीपाश्री पुरुषको भेषमा प्रस्तुत हुँदा परम्परागत रत्यौलीलाई मनोरञ्जनात्मक ढंगले चित्रण गरिएको छ।

गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर, हर्क साउदको शब्द तथा दीपक शर्माको संगीत रहेको छ। कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको सिनेमामा उनीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेललगायत कलाकारको अभिनय रहेको छ। सिनेमा भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।