काठमाडौं : निर्देशक डा. कपिल रिजालको सिनेमा ‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आउँदैछ। सिनेमामा पहिलोपटक अरुण क्षेत्री र सिम्रन खड्का श्रीमान्–श्रीमतीको भूमिकामा देखिँदैछन्।
हालै सार्वजनिक भएको गीत ‘आँखा भरी आँसु’ र टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ । पारिवारिक सम्बन्ध, माया र शारीरिक समस्याले जीवनमा पार्ने प्रभावलाई केन्द्रमा राखेर बनेको सिनेमामा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झालगायत कलाकारको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा बनेको सिनेमालाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्।















