Sur Cinema

‘कुस्ती’को प्रदर्शन मिति तय !

काठमाडौं : निर्देशक अनिल योञ्जनको निर्माण तथा निर्देशनमा बनेको सिनेमा ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। काठमाडौँ आसपासमा छायाङ्कन गरिएको यस सिनेमालाई वितरक र प्रदर्शकसँगको सल्लाहमा उक्त मितिमा रिलिज गर्ने तय गरिएको हो।

प्रेम कथामा आधारित कमेडी–ड्रामा ‘कुस्ती’ फरक स्वभावका कारण सँगै बस्न संघर्ष गरिरहेको जोडीको भावनात्मक र हास्यपूर्ण यात्रा प्रस्तुत गर्ने सिनेमा हो। सिनेमामा धिरज मगर र मिरुना मगर मुख्य भूमिकामा छन् भने पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दिकिला शेर्पा लगायतका कलाकारको अभिनय रहेको छ।

‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडिया’ जितेकी दिकिला शेर्पाको यो डेब्यु नेपाली सिनेमा हो। सिनेमाको सम्पादन मित्र डि गुरुङले गरेका हुन भने निर्देशक योञ्जनका अनुसार सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शनबारे पनि छलफल अन्तिम चरणमा पुगेको छ।