Sur Cinema

‘रोल नं १’को टिजर : गरिब परिवारको शैक्षिक बाध्यताको कथालाई जोड

काठमाडौं : काठमाडौं ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ । विनोद पौडेलको निर्माण र जोन योञ्जनको निर्देशनमा बनेको यस सिनेमाले गरिब परिवारका विद्यार्थीले भोग्ने शैक्षिक असमानता र बालमनोविज्ञानको कथा प्रस्तुत गर्छ।

टिजरमा छात्रवृत्तिमा निर्भर विद्यार्थीको संघर्ष, पारिवारिक अपेक्षा र असफलताले पर्ने मानसिक असरलाई मार्मिक ढंगले देखाइएको छ। विशेषगरी ‘प्रथम हुनैपर्ने’ बाध्यताले गरिब विद्यार्थी कसरी पछि पर्दै जान्छन् भन्ने यथार्थ उजागर गरिएको छ।

मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा रहेको सिनेमामा बालकलाकारहरूको पनि सशक्त उपस्थिति छ। म्याग्दीका विभिन्न स्थानमा छायांकन गरिएको यो सिनेमा जेठ १५ गतेदेखि प्रदर्शनमा आउनेछ ।