Sur Cinema

सुरज र अनुको ‘हावा चल्यो सिरिरी’मा जुना र कमलको नोकझोक

काठमाडौं : ‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा सुरज पौडेल र अनु चौधरीको स्वर, प्रमोद ढुंगानाको शब्द तथा मनोज चौलागाईंको संगीत र एरेन्ज रहेको छ।

नितिन चन्दको निर्देशनमा बनेको भिडियोमा कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ भने कोरियोग्राफी रोहित सिंह ठकुरीले गरेका छन्। भिडियो गुन्डु, भक्तपुरमा छायांकन गरिएको हो।

यो सुरज पौडेलको १०औं म्युजिक भिडियो हो, जुन म्युजिक मन्त्र युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।