Sur Cinema

दुई दशकअघिको कथा प्रस्तुत गर्ने संकेत गरेको सिनेमा ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु

काठमाडौं : सिनेमा ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु भएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो सिनेमाको ७५ दिनको सुटिङ सेड्युल तय गरिएको छ, जसअनुसार सर्लाही, काठमाडौं र भारतको राजस्थानमा छायांकन हुनेछ।

प्रकाश कर्णको लेखन तथा निर्देशनमा बन्ने सिनेमामा सौगात मल्ल मुख्य भूमिकामा छन्। सोफी धरेलले यसैबाट डेब्यु गर्दैछिन् भने सुधन पोखरेल पनि प्रमुख भूमिकामा देखिनेछन्।

यसअघि सार्वजनिक पोस्टरहरूले सिनेमाले दुई दशकअघिको कथा प्रस्तुत गर्ने संकेत गरेका छन्। अन्य विवरण भने निर्माण टिमले गोप्य राखेको छ।