Sur Cinema

असोज ३ मा ‘झिँगेदाउ २’

काठमाडौं : निर्देशक ज्ञानेन्द्र देउजाको सिनेमा ‘झिँगेदाउ २’ आगामी असोज ३ गते संविधान दिवसको अवसरमा देशभर प्रदर्शनमा आउने भएको छ। मंगलबार सार्वजनिक पोस्टरमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट र हिउँवाला गौतमलाई क्यारेक्टर लुक्समा देखाइएको छ।

पहिले फूलपातीमा रिलिज गर्ने योजना रहे पनि मिति जुध्ने सम्भावनाका कारण नयाँ मिति तय गरिएको हो। कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपालको ब्यानरमा बनेको सिनेमामा सरोज खनाल, आर्यन सिग्देललगायत कलाकारको पनि अभिनय छ।

सिनेमाको कथा स्वयं देउजाको हो भने पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। हाल डबिङ भइरहेको यस सिनेमाको छायांकन विभिन्न स्थानमा गरिएको थियो।