Sur Cinema

सुरज र अनुको स्वरमा ‘हावा चल्यो सिरिरी’

काठमाडौं : सुरज पौडेल र अनु चौधरीको स्वर रहेको गीत ‘हावा चल्यो सिरिरी’को छायांकन सम्पन्न भएको छ । गीतमा प्रमोद ढुंगानाको शब्द तथा मनोज चौलागाईंको संगीत रहेको छ ।

नितिन चन्दको निर्देशनमा बनेको भिडियोमा कमल सिंह र जुना कार्कीले अभिनय गरेका छन् भने कोरियोग्राफी रोहित सिंह ठकुरीको रहेको छ। गुन्डु, भक्तपुरमा छायांकन गरिएको यस गीतका निर्माता निल प्रसाद इटनी हुन्।