काठमाडौं : आगामी वैशाख १८ गते प्रदर्शनमा आउने सिनेमा ‘लालीबजार’को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ। निर्माण कम्पनी षट्कोण आर्ट्सले अब सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने तयारी गरेको छ।
सिनेमाको गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै विदेशबाट अधिकार खरिदका प्रस्ताव आइरहेका छन्। निर्माता म्याक्स दीपेश खत्रीका अनुसार सिनेमा पूर्ण रूपमा तयार भएपछि मात्रै वितरण सम्झौता अघि बढाइनेछ।
यम थापाको निर्देशनमा बनेको सिनेमा बर्दियाको राजापुरमा छायांकन गरिएको हो, जसमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँलगायत कलाकारको अभिनय रहेको छ ।















