Sur Cinema

बिन्दु र आश्मानको ‘च्वाप्प मोई’

काठमाडौं : गायिका विन्दु परियार र गायक तथा र्‍यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा शब्द, संगीत र निर्देशन आश्मानकै रहेको छ। म्युजिक भिडियोमा विन्दु र आश्मान स्वयं फिचर्ड छन्।

कार्यक्रममा सहभागीहरूले विन्दु र आश्मानको जुगल्बन्दीको खुलेर प्रशंसा गरे। विन्दुले यस गीतमार्फत पहिलोपटक नाच्ने शैलीको प्रस्तुति र मोडलिङ गरेको बताउँदै आश्मानसँगको सहकार्यले गीतलाई फरक स्वाद दिएको बताइन्।

गीतकार राजेन्द्र थापाले विन्दुको स्वर पृथक र सम्भावनायुक्त रहेको उल्लेख गरे भने र्‍यापर हाकिमले दुई फरक विधाका कलाकारको सहकार्यले नयाँपन ल्याउने विश्वास व्यक्त गरे।

‘च्वाप्प मोइ’ विन्दु परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। डाइनामिक स्टुडियोमा तयार गरिएको गीतमा विमल छिनालको एरेञ्ज, मेघनाथ चौधरीको छायाङ्कन, रोशन विश्वकर्माको कोरियोग्राफी तथा जीएफएक्स र सम्पादन रहेको छ।