काठमाडौं : भारतीय डुवर्समा निर्माण भएको नेपाली सिनेमा ‘धागो’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले परिवारभित्रको सम्बन्ध, आर्थिक सङ्घर्ष र सामाजिक चुनौतीलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
उदिप राणा थापाको निर्देशनमा बनेको यो सिनेमाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन र भावनात्मक धागोको कथा बोल्छ। सिनेमामा सुरक्षा पन्त मुख्य भूमिकामा छन् भने प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ र सुनिल थापा समेत छन्। अभिनेत्री वर्षा राउत विशेष उपस्थितिमा देखिनेछिन्।
सिनेमा ‘धागो’ आगामी कार्तिक २८ (नोभेम्बर १४) मा नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने भएको छ।















