Sur Cinema

‘मन बिनाको धन’को ट्रेलर : अशोकको संघर्ष देखि सफलतासम्मको प्रेरणादायी यात्रा प्रस्तुत

काठमाडौं : कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मन बिनाको धन’को ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ। ट्रेलरमा अशोक दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको प्रेरणादायी यात्रा देखाइएको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको सिनेमाले मन र धनबीचको टकरावलाई भावनात्मक ढङ्गले प्रस्तुत गरेको छ। बुढाथोकीकै कथामा आधारित सिनेमाको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्।

अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमा थपलियालगायत कलाकारको अभिनय रहेको सिनेमामा बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन र कविराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।