Sur Cinema

‘वरिष्ठ बलराम’को टिम दर्शक भेट्न मोफसलमा

काठमाडौँ पछि सिनेमा ‘वरिष्ठ बलराम’को टिम दर्शक भेट्न मोफसल पुगेको छ। निर्देशक सुरेन्द्र पौडेल, कलाकार विजय बराल र समृद्धि अर्याल पश्चिम नेपालका विभिन्न सहरमा पुगेका छन्।

निर्देशक पौडेलका अनुसार अधिकांश शोहरू हाउसफूल छन् र बाँकीमा पनि करिब ७० प्रतिशत अकुपेन्सी रहेको छ। उनले भने, “दर्शकले सिनेमालाई मौलिक कथा र उत्कृष्ट प्रस्तुति भएको भन्दै निकै मन पराइरहनुभएको छ।”

तिहारको भाइटीकाको अवसर पारेर रिलिज भएको यो सिनेमाले पहिलो दिनदेखि नै देशभर उत्साहजनक व्यापार गर्दै राम्रो वर्ड अफ माउथ बनाएको छ।
दयाहाङ राई, विजय बराल, समृद्धि अर्याललगायतको अभिनय रहेको सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा, आन्भी फिल्म्सको सहकार्यमा बनेको यस सिनेमामा कथा र सम्पादन पनि पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन्।