काठमाडौं : तिहारको भाइटीकाको अवसरमा रिलिज भएको सिनेमा ‘वरिष्ठ बलराम’ले देशभरका हलमा उत्साहजनक व्यापार गरेको छ।
दयाहाङ राई र विजय बरालको प्रमुख भूमिका रहेको यस सिनेमाले पहिलो दिनमै ७०–८० प्रतिशत अकुपेन्सी हासिल गरेको निर्माण पक्षले जनाएको छ।
निर्माता आशिष एच तामाङका अनुसार अधिकांश शो हाउसफूल भएका छन् र दर्शकको प्रतिक्रिया अत्यन्तै सकारात्मक छ। ‘वरिष्ठ बलराम’ ले मनोरञ्जनसँगै सामाजिक सन्देश दिएको दर्शकहरूको प्रतिक्रिया छ।
सुरेन्द्र पौडेल निर्देशित सिनेमामा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ लगायतको अभिनय छ। सिनेमाको कथा तथा सम्पादन पौडेलकै हो भने पटकथा महेश दवाडी ले लेखेका हुन्।















