Sur Cinema

सिनेयात्रामा प्रभात

काठमाडौं : संचारकर्म हुँदै हास्य कलाकारका रूपमा परिचित प्रभात लामा अब सिनेमामा मुख्य भूमिकामा देखिँदैछन्। किरण नेपालीको निर्देशन तथा निर्माणमा बन्ने सिनेमा ‘महादशा’ मार्फत उनले ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन्।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस सिनेमामा प्रभात लामाको जोडी पूजा शर्मा रहनेछ।
सिनेमामा प्रभात र पूजाको अलावा प्रमोद अग्रहरि, प्रेमा लामगाढे, हाकिम गुरुङ, उत्तम प्रधान, निरुता सिंह, श्याम मगर र रियर राई लगायतका कलाकार समावेश छन्। र्‍यापर हाकिम गुरुङले यसै सिनेमामार्फत अभिनयमा डेब्यु गर्दैछन्।

राजे के शाह, श्याम मगर र अमला देवी राईको लगानीमा बन्ने सिनेमाका कार्यकारी निर्माता सुरज आचार्य हुन् भने कथा तथा पटकथा मनीष गौतमले लेखेका हुन्।