काठमाडौं : सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत सिनेमा ‘भाइरल गोर्खे’को नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले माघ १ गते रिलिज मिति घोषणा गरेको छ।
पोस्टरमा सौगात र सृष्टिलाई रोमान्टिक मुद्रामा देखाइएको छ, जहाँ “बतासले उडाई लग्यो माया मेरो” लेखिएको छ । पोस्टरमा लाइक, लभ र इमोजीहरूको प्रयोगले सामाजिक सञ्जालमा भाइरल हुने ट्रेन्डलाई संकेत गर्छ।
निगम श्रेष्ठ निर्देशित सिनेमाले टिकटक, फेसबुक र युट्युबमा फैलिएको ‘भाइरल संस्कृतिको मोह’ लाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ । कमेडी र ह्युमर मिसिएको यो सिनेमा दर्शकका लागि पूर्ण मनोरञ्जनको प्याकेज हुने निर्देशक श्रेष्ठले बताएका छन्। एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा बनेको यस सिनेमामा सौगात–सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाको अभिनय छ।
अमर महर्जनको छायांकनमा बनेको ‘भाइरल गोर्खे’ लम्जुङ, गोरखा र चितवनमा खिचिएको हो । सिनेमाका वितरक सुनिल मानन्धर हुन्।















