Sur Cinema

‘महादशा’मा पूजा

काठमाडौं : अभिनेत्री पूजा शर्मा तिहारको लक्ष्मीपूजाका अवसरमा सिनेमा ‘महादशा’मा अनुबन्धित भएकी छन्। निर्माता किरण नेपालीको निर्देशनमा बन्ने यो सिनेमामा उनलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको हो।

यसअघि सिनेमामा चर्चित कलाकार निरुता सिंह, उत्तम प्रधान, हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। ‘दर्पण छायाँ’ सिनेमाबाट लोकप्रिय बनेको निरुता र उत्तमको जोडी यो सिनेमामा पुनः देखिनेछ भने पूजा शर्माको पनि सशक्त अभिनय दर्शकले हेर्न पाउनेछन्।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने सिनेमामा मनिष गौतमको पटकथा रहनेछ भने राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माता रहनेछन्। सुरज आचार्य कार्यकारी निर्माताका रूपमा रहनेछन्।