काठमाडौं : तिहारको लक्ष्मीपूजाको अवसरमा सिनेमा ‘आ बाट आमा’ ले आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको छ। चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा बनेको यस सिनेमाले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्ध प्रस्तुत गर्नेछ।
सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी मुद्रामा देखिएका छन्, जसले पारिवारिक आत्मीयताको झल्को दिन्छ । पोस्टरमा लेखिएको संवाद — “बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं।” — ले नेपाली परिवारको यथार्थलाई सशक्त रूपमा चित्रण गर्छ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको सिनेमामा विपना थापा, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, र रवीन्द्र झालगायत कलाकारको अभिनय छ।
सिनेमाका निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना हुन्।
‘आ बाट आमा’ को प्रदर्शन अधिकार नेपालमा आरआर फिल्म्स, विदेशमा हिमारु इन्टरटेन्मेन्ट, र डिजिटल अधिकार ओएसआर डिजिटल ले लिएका छन्।















