काठमाडौं : यहि फुलपाती बाट सिनेमा घरमा तीन सिनेमाहरु ‘माईतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शन हुँदैछ । सबै सिनेमाको बुकिङ खुलिसकेको छ । केही हलले शो खुलाई सके केही हलले शो बाँडफाँड गर्दैछन् ।
‘माइतीघर’ मिलन तामाङको निर्देशनमा बनेको सिनेमा हो । यस सिनेमामा धिरज मगर, उपासना सिहं ठकुरी, प्रकाश सपुत र केदार घिमिरे माग्नेबुढाको अभिनय हेर्न पाइन्छ ।
सन्तोष सेनको निर्देशनमा बनेको सिनेमा ‘बलिदान’मा समिर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र कबिता रायलगायतको अभिनय रहेको छ ।
दिपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘हरिबहादुरको जुत्ता’मा हरिबंश आचार्य, स्वस्तिमा खड्का,प्रियंका कार्की र प्रकाश सपुतलगायतको अभिनय रहेको छ ।















