Sur Cinema

‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौं : सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ । राजधानी आयोजित एक विषेश कार्यक्रम गर्दै सार्वजनिक गरिएको गीतमा आशिष अविरल र मेलिना राईको स्वर रहेको छ भने गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको सङ्गीत छ ।

किरण थापाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन् । दिपेन्द्र के खनाल निर्देशित सिनेमामा हरिवंश, स्वस्तिमा र प्रकाशका अलावा प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमालाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको सिनेमालाई नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको सङ्गीत रहेको सिनेमामा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर छ । सिनेमा दसैँको फूलपाती अर्थात असोज १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।