काठमाडौं : पतिवियोगमा परेकी एकल नारीको कथामा तयार भएको टेलिसिरियल ‘हिरा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले शनिबार सिरियलको ट्रेलर सार्वजनिक गर्दै यहि भदौ १९ गतेबाट प्रशारणमा आउने जानकारी गराएको छ ।
विराज विष्टको कथामा तयार टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् । विशाल पहारी, प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुन: मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसी यो सिरियलमा अभिनयमा छन्।
विशाल बरालको निर्देशन रहेको सिरियलमा मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको व्याकग्राउण्ड म्युजिक ट्रेलर रहँदा पोस्टर राकेश दाहालले तयार पारेका छन् । सिरियलको सम्पूर्ण छायांकन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ । स्व. मोती विष्टको प्रस्तुतिमा तयार ‘हिरा’लाई राजबहादुर सानेले लेखेका हुन् । छायांकनमा रक् कौसल रहँदा शीर्ष गीतमा जय देवकोटाको संगीतमा स्वर गायिका समिक्षा अधिकारीले दिएकी छिन् ।















