काठमाडौं : अर्जुन सुवेदीको निर्देशनमा सिनेमा ‘कन्यादान’ निर्माण हुने भएको छ । सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस सिनेमाले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने तयारी गरेको छ।
आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको सिनेमाको लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर गरेका हुन् । सिनेमा निर्माणमा प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ।
सिनेमाको प्रस्तुतकर्तामा रेजिना बिस्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायाङ्कन निर्देशनमा सुसन प्रजापति, सङ्गीतकारमा प्रशान्त सिवाकोटी, प्रोजेक्ट हेडमा सुजन खतिवडा, पोस्टर तथा पब्लिसिटी डिजाइनमा रोयल भीमसेन, र डिजिटल वितरणमा ओएसआर डिजिटल रहनेछन्।















