Sur Cinema

बाँसुरी बजाउँदै दीपक, गर्भवती लुक्समा केकी र सनिशा; यस्तो छ ‘छ माया छपक्कै २’

काठमाडौं : सिनेमा ‘छ माया छपक्कै २’ को पहिलो झलक सार्वजनिक गरिएको छ। निर्माण टिमले शनिबार सार्वजनिक गरेको आकर्षक पोस्टरसँगै सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरेको हो। सिनेमा असोज ३१ गते फूलपातीका दिनदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

सार्वजनिक पोस्टरमा अभिनेता दीपकराज गिरीलाई बाँसुरी बजाउँदै गरेको देखाइएको छ भने केकी अधिकारी र सनिशा भट्टराई गर्भवती लुक्समा प्रस्तुत छन्। पोस्टरले सिनेमाको कथावस्तु र चरित्रलाई लिएर दर्शकमाझ उत्सुकता बढाएको छ।

रोहित अधिकारीको निर्माण तथा दीपेन्द्र लामाको निर्देशन रहेको सिनेमाको कार्यकारी निर्माता निर्मल शर्मा र सुरज बम ठकुरी हुन् । सिनेमामा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। सिनेमाको पहिलो शृङ्खला ‘छ माया छपक्कै’ दर्शकमाझ निकै रुचाइएको थियो। पहिलो भागमा पानीको समस्यालाई सामाजिक विषयका रूपमा प्रस्तुत गरिएको थियो।

पहिलो पोस्टरले नै फरक र रोचक कथा संकेत गरेसँगै ‘छ माया छपक्कै २’ प्रति दर्शकको चासो बढेको छ। फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने भएकाले सिनेमाले दसैँको माहोललाई समेत लक्षित गरेको देखिन्छ।