Sur Cinema

‘चंगुल’को ट्रेलरमा जेन्जीको झल्को, कथाले उठायो राजनीतिक परिवर्तनको प्रश्न

काठमाडौं : सिनेमा ‘चंगुल’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरले देशको राजनीतिक परिवर्तन र त्यसको प्रभावलाई कथाको केन्द्रमा राखेको संकेत गरेको छ । असोज १६ गतेदेखि प्रदर्शनमा आउने सिनेमाको ट्रेलरमा जेन्जी आन्दोलनको झल्कोसमेत देखिन्छ ।

केही दिनअघि जेन्जी स्मृति सभाको मञ्चबाट टिजर सार्वजनिक गरिएको थियो । सिनेमाको टिमले नाफाको केही हिस्सा जेन्जी नेपालका घाइतेलाई सहयोग गर्नुका साथै बाढीपीडितका लागि समेत छुट्याउने जनाएको छ ।

मालती कार्कीको निर्माण र राम गौतमको निर्देशन रहेको सिनेमामा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना र बालकलाकार रिम्शा कार्कीलगायतको अभिनय छ । विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन तथा दीपेन बस्न्यातको छायांकन र सम्पादन छ ।