काठमाडौं : आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ (खिर खाने दिन) को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरले प्रेम, विश्वासघात, विछोड र त्यसपछि जीवनमा आउने संघर्षलाई दुई प्रेमिल जोडीको कथामार्फत भावनात्मक रूपमा प्रस्तुत गरेको छ। मुकुन भुसाल–जानुका विश्वकर्मा र श्रीकृष्ण निरौला–मेनुका माझी मुख्य भूमिकामा देखिएका छन्।
राजबहादुर साने निर्देशित सिनेमाले प्रेम सम्बन्धमा आउने उतारचढाव र सामाजिक यथार्थलाई केन्द्रमा राखेको निर्देशकको भनाइ छ। आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको सिनेमामा केशव रिजाल, धीरेन शाक्य, विशाल पहारीलगायत कलाकारको पनि अभिनय रहेको छ।














