काठमाडौं : भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘माया भनेकै यस्तो होला’ को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतले पहिलो नजरको प्रेमसँगै त्रिकोणात्मक प्रेमकथाको रोचक संकेत दिएको छ।
प्रशान्त शिवाकोटीको शब्द–संगीत तथा प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको स्वर रहेको गीतमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको आकर्षक प्रस्तुति देख्न सकिन्छ।
रेखा थापाको निर्देशनमा बनेको सिनेमामा मदनकृष्ण श्रेष्ठसहित चर्चित कलाकारहरूको अभिनय रहेको छ। निर्माण टिमका अनुसार सिनेमाले प्रेमकथामार्फत सामाजिक सन्देश प्रस्तुत गर्नेछ।














