Sur Cinema

विश्वमञ्चका लागि नेपाली प्रतिभाको खोजी, मिस युनिभर्स नेपाल २०२६ को तयारी सुरु

काठमाडौं : ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरिएको छ। ग्लोबल ग्ल्यामर भेन्चरले काठमाडौंको सोल्टी होटलमा कार्यक्रम आयोजना गर्दै नयाँ संस्करणको अडिसन प्रक्रिया सुरु भएको जनाएको हो।

यस वर्ष ‘Perfect As You Are’ नारासहित आयोजना हुने प्रतियोगिताको ग्रान्ड फिनाले आगामी ६ सेप्टेम्बर मा हुनेछ। प्रतियोगितामा अविवाहित, विवाहित तथा गैरआवासीय नेपाली (एनआरएन) महिलाले पनि सहभागिता जनाउन सक्नेछन्।

आयोजकका अनुसार व्यक्तिगत पहिचान, नेतृत्व क्षमता र सामाजिक योगदानलाई प्राथमिकतामा राख्दै नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने नयाँ प्रतिभाको खोजी गरिनेछ। इच्छुक प्रतियोगीले मिस युनिभर्स नेपालको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्।