काठमाडौं : शुक्रबारबाट देशभर प्रदर्शनमा आएको सिनेमा ‘गौँथली’ले पहिलो दिनदेखि नै दर्शकको उत्कृष्ट साथ पाएको छ। कथा, कलाकारहरूको अभिनय र छोरीको शिक्षा तथा ‘माइल्ड अटिजम’ जस्ता संवेदनशील विषयवस्तुको प्रस्तुतिको दर्शकले खुलेर प्रशंसा गरेका छन्।
निर्देशक डा. कपिल रिजालका अनुसार दर्शकले सिनेमाको सन्देश आत्मसात् गरेकाले सम्पूर्ण टिम उत्साहित बनेको छ। अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काले पनि दर्शकको भावनात्मक प्रतिक्रियालाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि बताएका छन्।


















