Sur Cinema

‘लज्जावती’को ‘दिलको मोटर’ सार्वजनिक

काठमाडौं : साउन २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ।

बाबुल गिरीको शब्द तथा संगीत, सहिमा श्रेष्ठ र रवी ओडको स्वर रहेको डान्सिङ नम्बरमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल आकर्षक रूपमा प्रस्तुत भएका छन्।

राजबहादुर साने निर्देशित सिनेमाको गीतले रिलिजअघि नै दर्शकमाझ उत्साह बढाएको निर्माण पक्षको विश्वास छ।