Sur Cinema

नीति–प्रभात–राजश्रीको प्रेमकथा बोकेको ‘जदौ’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : आगामी ९ असोजदेखि प्रदर्शनमा आउने सिनेमा ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक गरिएको छ।राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ। भिडियोमा नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापाबीचको त्रिकोणात्मक सम्बन्धलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

गीत सार्वजनिक कार्यक्रममा कलाकारहरूले चलचित्र फरक र यथार्थपरक कथामा आधारित रहेको बताउँदै दर्शकको साथ पाउने विश्वास व्यक्त गरे। अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको ‘जदौ’लाई एनजीसीएन ग्रुपले देशव्यापी रूपमा वितरण गर्नेछ।