Sur Cinema

‘गौँथली’को अमेरिका उडान पक्का

काठमाडौं : प्रदर्शनअघि नै सिनेमा ‘गौँथली’ले अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। अमेरिकास्थित सेभेन सिस इन्टरनेसनल फिल्म्सले सिनेमाको अमेरिका प्रदर्शन अधिकार खरिद गरेको हो।

नेपालमा साउन १ गते रिलिज हुने ‘गौँथली’ साउन ८ (जुलाई २४) देखि अमेरिकाका विभिन्न प्रमुख शहरमा एकसाथ प्रदर्शन हुनेछ। निर्देशक डा. कपिल रिजालका अनुसार ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएसँगै विदेशबाट पनि सिनेमाप्रति चासो बढिरहेको छ।

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमा भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो।