Sur Cinema

‘मायाको मफलर’ले बाँड्यो मानवता र प्रेमको सन्देश

काठमाडौं: मानवता, स्वीकार्यता र निस्वार्थ प्रेमको सन्देश बोकेको म्युजिक भिडियो ‘मायाको मफलर’ सार्वजनिक गरिएको छ।

सोलमन प्रोडक्सनको प्रस्तुतिमा तयार भएको भिडियोले बाहिरी रूप वा परिस्थितिभन्दा माथि उठेर प्रत्येक व्यक्तिलाई सम्मान, माया र स्वीकार्यताको दृष्टिले हेर्नुपर्ने सन्देश दिन्छ। साथै, साना–साना दयालु व्यवहारले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने भावलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

गीतमा अमृत शर्माको शब्द, पुस्तक प्रसादको संगीत तथा दिनेश गौतमको स्वर रहेको छ। संगीत संयोजन एस.के. बच्चाले गरेका हुन् भने रेकर्डिङ र मिक्सिङ कुमार के.सी.ले गरेका छन्।

अशोक भुजेल निर्देशित भिडियोमा मनिता सुन्दास र विनायक पन्तको कथा, नविन गुरुङको छायांकन तथा बूमा खत्रीको सम्पादन र कलर ग्रेडिङ रहेको छ। भिडियोमा अशोक भुजेल, मनिता सुन्दास, आयुष आचार्य, विनायक पन्त, श्रीजना भुजेललगायत कलाकारहरूको अभिनय रहेको छ।