काठमाडौं : प्रदर्शन मिति नजिकिँदै जाँदा सिनेमा ‘गौँथली’ चर्चाको केन्द्रमा पुगेको छ। साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको ट्रेलर रिलिज भएको एक हप्तामै मनग्य भ्युज बटुल्दै युट्युबको मुभी ट्रेन्डिङमा नम्बर १ स्थानमा पुगेको छ।
ट्रेलरले ग्रामीण युवती गौँथलीको शिक्षा प्राप्त गर्ने संघर्ष, बालविवाह र सामाजिक विभेदको कथा भावनात्मक रूपमा प्रस्तुत गरेको छ। अभिनेत्री सिम्रन खड्का र अभिनेता अरुण क्षेत्रीको अभिनयले विशेष प्रशंसा बटुलेको छ भने ‘छोरीलाई पढाउनुपर्छ’ भन्ने सशक्त सन्देशले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको छ।
निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको सिनेमामा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ। ट्रेलरप्रतिको उत्साहले प्रदर्शनअघि नै सिनेमाप्रति दर्शकको अपेक्षा उल्लेखनीय रूपमा बढाएको छ।















