Sur Cinema

‘लालीबजार’ कला र मनोरञ्जनको उत्कृष्ट संगम हो : तुल्सी घिमिरे

काठमाडौं : प्रदर्शनको ३०औँ दिनसम्म पनि हाउसफुल रहँदै आएको सिनेमा ‘लालीबजार’प्रति दर्शकको उत्साह कायम छ। यस अवसरमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराई र निर्माता म्याक्स दीपेश खत्री विभिन्न सिनेमाघर पुगेर दर्शकलाई धन्यवाद दिएका छन्।

सिनेमा हेरेपछि वरिष्ठ निर्देशक तुल्सी घिमिरेले स्वस्तिमा खड्का, विशाल देवकोटा र रवीन्द्रसिंह बानियाँको अभिनयको प्रशंसा गर्दै ‘लालीबजार’ कला र मनोरञ्जनको उत्कृष्ट संगम भएको बताए। उनका अनुसार सिनेमाले मनोरञ्जनसँगै शिक्षाको महत्व बुझाउँदै कुप्रथाविरुद्ध आवाज उठाउन प्रेरित गर्छ।