Sur Cinema

श्रावण २२ मा ‘हली’

काठमाडौं : निर्देशक ओम प्रतीकको नयाँ सिनेमा ‘हली’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

वास्तविक जीवनका घटनाबाट प्रेरित सिनेमा ‘हली’ले समाज परिवर्तनका लागि एक जना हली नै पर्याप्त हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षले जनाएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा बनेको यस सिनेमामा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ।

सिनेमामा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्यसमेत समावेश गरिएको छ। सिनेमाको निर्देशन तथा कथा ओम प्रतीकले गरेका हुन्।