Sur Cinema

‘काजी’को पहिलो गीतमा नवविवाहित जोडीको प्रेमकथा !

काठमाडौं : लक्ष्मण रिजालको निर्देशनमा बनेको सिनेमा ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको शब्द तथा संगीत र गंगा सोनाम तथा करण परियारको स्वर रहेको छ। गंगाको यो नेपाली सिनेमामा पार्श्व गायनको डेब्यु हो।

पतिपत्नीबीचको प्रेमकथामा आधारित गीतको भिडियोमा विपीन कार्की र केकी अधिकारी नवविवाहित जोडीका रूपमा देखिएका छन्। कविराज गहतराजको कोरियोग्राफीमा उनीहरूको दैनिकी र गाउँघरको जीवनशैली प्रस्तुत गरिएको छ।

सामाजिक तथा भावनात्मक कथामा आधारित सिनेमा ‘काजी’ जेठ ८ गतेबाट प्रदर्शनमा आउनेछ । असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकाश राज जोशी छन् ।