काठमाडौं : रेखा थापाले सिनेमा ‘काउकुती’ निर्माण गर्ने घोषणा गरेकी छन्। उनले कैंची धाममा पूजा गरेपछि औपचारिक रूपमा सिनेमाको टाईटल सार्वजनिक गरेकी हुन्। यो उनको ब्यानरको आठौँ सिनेमा हुनेछ।
सिनेमाको निर्देशन श्रद्धा प्रसाईंले गर्नेछिन्। सिनेमामा रेखा स्वयं मुख्य भूमिकामा रहनेछिन् भने नायकका रूपमा नयाँ अनुहार ल्याइनेछ।
कथा विक्की अग्रवाल र विनेश राईको रहेको छ, पटकथा विनेशले लेखेका हुन्। लगानी नवराज श्रेष्ठ र बलराम शाही ठकुरीको रहनेछ।
असोजदेखि छायांकन सुरु गर्ने तयारी रहेको सिनेमामा प्रशान्त सिवाकोटीको संगीत हुनेछ भने एक गीत लिल झोला (आकाश क्षेत्री)ले गाउनेछन्।

















