काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘सिजाङ पानोरमा’मा Snow Leopard प्रदर्शन गरिएको छ। पेमा छेडन द्वारा निर्देशित यो फिल्म भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा प्रिमियर भई चर्चा बटुलेको थियो।
शनिबार ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ पनि प्रदर्शन भए भने आइतबार ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजाङ २०२६’ देखाइनेछन्। ‘सिजाङ पानोरमा’ निफअन्तर्गत प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रम हो।















