Sur Cinema

‘लालिमा’को पहिलो गीतमा रोशनी र जीवनबीचको द्वन्द्व–रोमान्स प्रस्तुत

काठमाडौं : फागुन २९ गते प्रदर्शनमा आउने सिनेमा ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। आइतबार ओएसआर युट्युब च्यानल मार्फत सार्वजनिक गीतमा रोशनी कार्की र जीवन भट्टराई फिचर्ड छन्।

गीतमा रोशनी र जीवनबीचको द्वन्द्व–रोमान्स देखाइएको छ। गायिका प्रीति कौर को स्वर रहेको गीतमा शब्द रोशन मिराज र केएम जोशीका छन् भने संगीत तथा एरेन्ज जोशीकै हो।

रोशन मिराजको लेखन–निर्देशनमा बनेको यस सिनेमालाई फेथ आस्थाले प्रस्तुत गरेको हो।