Sur Cinema

प्रेम सम्बन्ध, धोका र पीडाको भाव बोकेको ‘मायाको गाउँ’को गीत सार्वजनिक

काठमाडौं : सिनेमा ‘मायाको गाउँ’मा समाबेश ‘सबले भन्छन् जिन्दगी त’ बोलको गीत सार्वजनीक गरिएको छ । प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा त्रिबिक्रम सिंह राणा,ओसिन भट्टराई,राजु गिरी, नारायण पराजुली, बिनयराज पौडेललगायतका कलाकारको अभिनय छ ।

गीतको भिडियो सोमबार साइराम पिक्चर्स मार्फत दर्शकमाझ ल्याएको हो । राजु गिरीले कोरियोग्राफी गरेको गीतमा प्रेम सम्बन्ध,धोका र पीडाको भाव प्रस्तुत गरिएको छ ।

प्रेमकथानक ‘मायाको गाउँ’मा त्रिबिक्रम सिंह राणा, शीतल केसी, नारायण पराजुली, ओसिन भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधवा खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर, कृष्ण गदाललगायतका कलाकारले अभिनय गरेका छन् । कमला पराजुली निर्माता रहेको चलचित्रको निर्देशन कमला फिल्मस् टिमको छ ।

रामेश्वर हुमागाइँले खिचेको सिनेमाको सम्पादन श्याम रानाले गरेका हुन् । बिनोद बमको पब्लिसिटी डिजाइन तथा पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिङ्ग गरेको सिनेमाको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार छन् । सिनेमा ०८३ सालको सुरुवातीमा दर्शकमाझ ल्याउने तयारी गरिएको निर्मात्री पराजुलीले जानकारी दिएकी छिन् ।