काठमाडौं : यम शेर्पाको निर्देशनमा बनेको सिनेमा ‘मिरमिरे’ का दुई पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा दयाहाङ राई र बाल–कलाकार शाइसा गौचन छन्, जहाँ उनीहरू बुबा–छोरीजस्तै भावनात्मक यात्रामा देखिन्छन्। दोस्रो पोस्टरमा प्रकाश सपूत विद्यार्थी र सिर्जना निङ्लेखु शिक्षिकाको रुपमा देखिएका छन्।
मिरमिरे माघ १ गते रिलिज हुँदैछ। दयाहाङ र प्रकाश पहिलोपटक एउटै सिनेमामा देखिन लागेका हुन्। यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको यस सिनेमामा माओत्से गुरुङ, छुल्ठिम गुरुङ र भोलाराज सापकोटालगायत कलाकारको पनि सहभागिता छ।
निर्देशनसँगै कथा पनि यम शेर्पाले नै लेखेका हुन् भने छायांकन आलोक शुक्लाले गरेका छन्। सिनेमाको देशभर वितरण आरआर फिल्म्सले गर्नेछ।















