काठमाडौं : अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमा ‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमीले’ गीत सार्वजनिक भएको छ। गीतमा समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको छ भने शब्द–संगीत रमेश परियारले दिएका छन्।
गीतमा रमेश उप्रेती, दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामालगायत कलाकार देखिन्छन्। नृत्य निर्देशन मौसम हिमाली, छायांकन बुद्ध थापा र निर्माण नागराज इन्टरटेन्मेन्टले गरेको हो।
सिनेमामा गणेश उप्रेती अमेरिकाबाट फर्किएर सहभागी रहेका छन्। साथै विमोचन दवाडी र जेसिका पोखरेलले यही सिनेमाबाट डेब्यू गरेका छन्। पुस ४ मा रिलिज हुने सिनेमाको आफ्नो पहिलो गीत काठमाडौं मेयर बालेन शाहको यूट्युबमार्फत सार्वजनिक गरिएको हो।















