Sur Cinema

बलरामको ‘नमस्ते सुदुर’मा बिना र लक्ष्मणको सानदार केमिस्ट्री

काठमाडौं : रमाइलो र उत्साहपूर्ण गीत ‘नमस्ते सुदुर’ सार्वजनिक भएको छ ।  बलराम परियार र अन्नु चौधरीको सुमधुर आवाजमा सजिएको यस गीतमा नरेश बिबिसीले शब्द र संगीत संयोजन गरेका छन् भने केशव बढुले आकर्षक एरेन्जमार्फत गीतलाई आधुनिक स्वाद दिएका छन्।

गीतको जोशिलो बिट र रिदमले नै दर्शकलाई नाच्न बाध्य बनाउँछ भने भिडियोमा देखाइएको नृत्यले झन् ऊर्जा थपेको छ। गीतमा लक्ष्मण भण्डारी र बिना राउतको शानदार केमिस्ट्री र लयबद्ध नृत्यले सबैको ध्यान खिचिरहेको छ। उनीहरूलाई छमछमी नचाउन कोरियोग्राफर विक्रम चौहानले अत्यन्तै आकर्षक र जीवन्त निर्देशन दिएका छन्।

दृश्य, सङ्गीत र प्रस्तुतीका हिसाबले उत्कृष्ट बनेको ‘नमस्ते सुदुर’को निर्देशन पनि विक्रम चौहानकै हातमा रहेको छ। गीतले सुदूरपश्चिमको संस्कृतिको झल्को दिनुको साथै आधुनिक संगीतको मिठो मिश्रण प्रस्तुत गरेको छ।

सार्वजनिक गीतलाई दर्शकहरूले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। सामाजिक सञ्जालमा दर्शकहरू गीतको धुन, नृत्य र भिडियोको आकर्षणको प्रशंसा गर्दै यसलाई वर्षको सबैभन्दा रमाइलो गीतको रूपमा स्वागत गरिरहेका छन्।