काठमाडौं : आगामी मंसिर २६ गते रिलिज हुने सिनेमा ‘पीआर’को निर्माण पक्षले आइतबार ‘टाटा बाइ बाइ’ बोलको गीत सार्वजनिक गरेको छ । गीतमा नीर शाह र गौरी मल्लको रमाइलो नृत्य देख्न सकिन्छ भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ ।
गीतमा भिम बी.सी.को संगीत, टेक बी.सी. र प्रीती घिमिरेको स्वर तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको सिनेमाको निर्देशक शोभित बस्नेत हुन भने सिनेमामा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल लगायतको अभिनय छ । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की छन् ।
सिनेमाका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी, निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल, सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुढाथोकी, छायांकन सौरभ सायमी र सौरभ लामा, वितरण आर आर फिल्म्सले गरेका छन् ।















