काठमाडौँ : शेखर गोल्छा र रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’को बुकिङ खुला भएको छ । शुक्रबार अर्थात भोलि(१४ गते)बाट प्रदर्शनमा आउँदै गरेको सिनेमाले देशभर उत्साहजनक शो पाएको छ।
दीपक प्रसाद आचार्य (काकु) निर्देशित पारिवारिक कथानकमा निर्मित यस सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारीलगायत कलाकारको अभिनय छ।
रिदम कँडेलको संगीत र दीपक आचार्यकै शब्दमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्। छायांकन शिवराम श्रेष्ठ र सम्पादन मित्र डी. गुरुङले गरेका हुन्। सिनेमाले नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने अपेक्षा गरिएको छ।















