Sur Cinema

करोड सब्स्क्राइबर क्लबमा ओएसआर डिजिटल

काठमाडौं : नेपाली डिजिटल बजारमा अग्रणी ओएसआर डिजिटल युट्युब च्यानलले १ करोड (१० मिलियन) सब्स्क्राइबर पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ। व्यवसायिक तथा अफिसियल उत्पादन र वितरणमा सक्रिय च्यानलमध्ये यो उपलब्धि हासिल गर्ने ओएसआर पहिलो नेपाली च्यानल बनेको हो।

२५ वर्षको यात्रा र दर्शकको निरन्तर समर्थनका लागि धन्यवाद व्यक्त गर्दै प्रबन्ध निर्देशक ओम अग्रवालले आगामी दिनमा अझ गुणस्तरीय सामग्री ल्याउने प्रतिबद्धता जनाएका छन्। ओएसआरले नेपाली सिनेमा, गीत–संगीत र मनोरञ्जनात्मक सामग्रीमार्फत डिजिटल क्षेत्रमा आफ्नो प्रभावशाली उपस्थिति बनाएको छ।