काठमाडौं : सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको सिनेमा पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसीमा प्रदर्शनमा आउन लागेको छ। यो सँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए । एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ।
‘बलिदान’का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै सिनेमाप्रति व्यापक उत्साह जगाएको छ। यस सिनेमामा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको छ।















