Sur Cinema

यश र स्मिताको गीत ‘हल्का हल्का’को सार्वजनिक

काठमाडौं : गायक यश कुमारले नयाँ गीत ‘हल्का हल्का’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल सिनेमाको रुपमा तयार पारिएको यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतको एरेञ्ज र मिक्सिङ्ग देवेस राईले गरेका हुन् । यो गीतको भिडियामा यश र स्मिताले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुसँगै राजेज घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ । यसको निर्देशन यश कुमारले नै गरेका हुन् ।

चर्चित डिओपी हरि हुँमागाईले खिचेको गीतको भिडियोमा विकास धमालाको सम्पादन तथा कलर, मेकअप तुलसा लिम्बुको रहेको छ । गीतको भिडियो यश कुमारले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।