Sur Cinema

‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’मा प्रकाश र स्वस्तिमाको छल्किएको प्रेम

काठमाडौं : सिनेमा ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रकाश सपुत र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसी’ सार्वजनिक भएको हो । गीतमा प्रकाश सपुतको शब्द संगीत र श्याम स्वेत रसाईलीको मिक्सिङ्ग/ मास्टरिङ्ग रहेको छ। गायक तथा सर्जक सपुतले आफ्नो मौलिकपनको आभाष गीत मार्फत गराएका छन्।

मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्। रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा प्रकाश र स्वस्तिमाको प्रेम देख्न सकिन्छ । गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् ।

दिपेन्द्र के खनाल निर्देशित सिनेमामा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमा दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमालाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको सिनेमालाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको सिनेमामा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।